प्रचण्डको राजनीतिक यात्रा समाप्त हुन लाग्यो : महेश बस्नेत

admin

अर्घाखाँची , २९ भदौ :  नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक यात्रा समाप्त हुन लागेको जिकिर गर्नु भएको छ ।

अर्घाखाँचीमा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेता बस्नेतलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालले राजनीतिलाई नकारात्मक बाटोमा धकेलेको आरोप लगाउनुभयो ।

सभामुख अग्नि सापकोटाले पदीय मर्यादा भुलेर पुष्पकमल दाहाल र माधव नेपालको मुख बनेको उहाँको आरोप छ । कार्यक्रममा नेता टोपबहादुर रायमाझीले फुटेर सानोसानो हुँदै गएका पार्टी विस्तारै विलय भएर जाने बताउनुभयो । उहाँले दाहालले प्रधानमन्त्री पद नपाउँदा पार्टी फुटाएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया