फेरिए १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सूचीसहित)

admin

काठमाडौं, ३० भदाै : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरिएको हो । त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ ।

गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ, भने पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ । यता मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

त्यस्तै मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालय तानिएका छन् । त्यस्तै शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।

यता आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही पठाइएको छ । टेकनारायण पौडेल मन्त्रालय तानिएका छन् । त्यस्तै टेकराज निरौलालाई दोलखा पठाइएको छ, भने वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ ।
यस्तो छ सरुवा भएका सीडीओको सूचीः

सरुवा भएका सीडीओ

प्रतिक्रिया