आज सात सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३१ भदौ : बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ९१ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ७०० रुपैयाँ नै घटेको छ । बुधबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार ९० हजार रुपैयाँमा झरेको हो । चाँदीको मूल्य भने बिहीबार पनि तोलाको १२ सय रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया