एमसीसी ठूलो अनुदानको रकम हो संसदबाट चाँडो पास गरौँ : कानूनमन्त्री कार्की

admin

सुनसरी, १ असाेज :  कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी)लाई जतिसक्दो चाँडो संसदबाट पास गरेर अनुदान खेर नपठाउनुपर्ने बताएका छन् ।

सुनसरी कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटनपछि बोल्दै एमसीसी विकासे परियोजना र ठूला अनुदानको रकम भएकाले खेर जान नदिन जतिसक्दो चाँडो संसदबाट अनुमोदन गर्नुपर्ने कानूनमन्त्री कार्कीले बताए ।

उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन । यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया