सरकारका प्रवक्तामा सञ्चार मन्त्री कार्की

admin

काठमाडौँ, २२ असोज : सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ताेकिएकाे छ । आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्री कार्कीलाई सरकारका प्रवक्ता ताेक्ने निर्णय गरेकाे हाे ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाललाई नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नुभएको बताउनुभएको छ ।

उहाँले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताउनुभयो । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तर्कसमेत गर्नुभयो ।

प्रतिक्रिया