विश्व मानसिक दिवसको अवसरमा पत्रकारसहित १३ जना सम्मानित

admin

काठमाडौं, २४ असोज : आज विश्व मानसिक दिवस विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाइएको छ । दिवसको अवसर पारेर मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालले आज काठमाण्डौँमा एक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा चिकित्सक, विभिन्न संस्था, पत्रकारसहित १३ जनालाई सम्मान गरिएको छ । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालले यस पिएनपी मिडियाका कार्यकारी अध्यक्ष  युवराज खत्रीलाई पनि सम्मान गरेको छ ।

कार्यकारी अध्यक्ष खत्री सहित १३ जना राज्यमन्त्री भवानी प्रसाद खापुङद्धारा सम्मानित भएका हुन् । मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताए ।

कार्यक्रमको उद्घाटन स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले गरेका थिए ।उ नले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको पनि बताए ।

त्यस्तै कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको गुनासो गरेका थिए । सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले धेरै मानिस मानसिक समस्या लुकाउन बाध्य भएको उनको भनाई थियो ।

प्रतिक्रिया