बाहिरियो यो वर्षको मनसुन

admin

काठमाडौँ, असोज २६ : यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्षको मनसुन सोमबार बेलुका पूर्ण रुपमा बाहिरिएको हो । यो वर्ष औसत भन्दा ९ दिन ढिला गरी मनसुन नेपालबाट बहिर्गमन भएको हो ।

औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको शुक्रबार नेपालका केही क्षेत्रबाट मनसुन बाहिरिएको थियो ।

महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो ।

प्रतिक्रिया