भिमबहादुर विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न जसपा नेताकाे माग

admin

काठमाडौं, कार्तिक २: जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले ‘भिमबहादुर विश्वकर्मा हत्या’बारे सत्यतथ्य छानबिन गरी दो षीमाथि क डा का र वाही गरी पी डि त परिवारलाई क्षतिपूर्ति दिनुका साथै मृ त क विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष कामीले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग राखेका हुन् । चितवनस्थित भरतपुर महानगरपालिका वडा नं ४ का ५८ वर्षीय भिमबहादुर विश्वकर्माले दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भनेर गत असोज २८ गते (दसैंको नवमीको दिन) आवाज उठाउँदा स्थानीय सिताराम बस्नेत क्षेत्री र दिलिप श्रेष्ठले ‘तँ कामी मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै पाइप, इटा र ढुंगाले टाउकोमा हानेर विश्वकर्माको ह त्या गरेका थिए ।

विश्वकर्माले आफूहरुले आवाज उठाएको बेला दुर्गा मन्दिरमा उच्च जातिका मानिस भनिनेहरुले पुजा गरिरहेका थिए ।

मृ त क विश्वकर्माको घरमा पुगेका अध्यक्ष कामीले सो घटनाबारे दलित (शिल्पी) समुदायको व्यक्तिको नेतृत्वमा संसदीय छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याएर अपराधीलाई हँदैसम्मको कारवाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र मृतक विश्वकर्मालाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने माग राखेर विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया