किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

admin

काठमाडौं, कार्तिक २: नेकपा (एमाले)ले तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो ।

वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा किसानलाई असह्य पीडा भएको भन्दै किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग एमालेले माग गरेको हो ।

एमालेले मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रूपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया