राष्ट्रपति भण्डारीले भनिन् “पूर्वराजा प्रति सम्मान र सद्भाव छ”

admin

काठमाडौं, कार्तिक २: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजपरिवार प्रति आफ्नो सम्मान र सद्भाव रहेको बताएकी छिन्।

राष्ट्रिय एकता परिषदको प्रस्तुति ‘चेतना भया’ कार्यक्रममा पूर्वमन्त्री निक्ष शमशेर जबरासँग कुराकानी गर्दै राष्ट्रपति भण्डारीले शाहवंशीय राजाहरुले गरेको राम्रो कामको सम्मान गर्नुपर्ने बताएकी हुन्।

राष्ट्रपति भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहले शान्तिपूर्ण हिसाबले राजगद्दी त्याग गर्नु अत्यन्तै प्रशंसनीय भएको पनि बताइन्।

व्यवस्था बदलिदैमा इतिहास नबदलिने भन्दै भण्डारीले इतिहासमा राम्रा काम गरेका पात्रलाई अन्याय गर्न नहुनेमा जोड दिइन् ।

प्रतिक्रिया