लात्ती खाएका अधिवक्ता चुडाल रुँदै भन्छन्- ​राजसंस्था पुनस्थापना हुन्छ भन्दा कुटियो (भिडियो )

admin

काठमाडौँ, कार्तिक १२ :  नेपाल बार एशोसिएनसको परिसरमा दुई वकिलबीच कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानबिच कुटाकुट भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल भएको उक्त भिडियोमा दुवैले लात्ता हानाहान गरेको देखिन्छ । सुरुमा अधिवक्ता चुडाललाई विराट न्यौपानेले हात हालेको देखिन्छ । कुटाइ खाएपछि मिडिया सामू चुडालले न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै आफूमाथी हातपात भएको बताएका छन् ।

बहस गर्न पुगेका उनले कुटाइ खाएपछि यसको विरुद्ध न्याय माग्न जाने धम्की समेत दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राजतन्त्रको खम्बा रहेको भन्दै अधिवक्ता चुडालले राजतन्त्र नआएसम्म प्रधानन्यायाधीश जबरा रहिरहने दाबी गरेका छन् ।

यता न्यौपाने भने आफूले हातपात गरेर ठिक भएको बताउछन् । उनी भन्छन् ‘ठीक गरे । बार परिसरमा हातपात गरियो, त्यसको जिम्मा म लिन्छु ।’

उनले आफू जेल जान पनि तयार रहेको बताएका छन् । ठीक कामका लागि जेल गए पनि केही फरक नपर्ने उनको भनाई छ । न्यौपानेले भने दुवै जनाबीच हानाहान भएको प्रष्टौक्ती दिएका छन् ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया