काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने

admin

काठमाडौं, कार्तिक १६ : काठमाडौं उपत्यकामा राति ९ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले राति ९ बजेसम्म देउसीभैलो खेल्न दिने निर्णय गरेको हो ।

कोभिड-१९ लाई मध्येनजर गर्दै सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर देउसी भैलो, नाचगान लगायतका कार्यहरू राति ९ बजेसम्म गर्न पाइने प्रशासनले जनाएको छ ।

देउसी भैलो तथा नाचगान गर्दा शान्तिपूर्ण तरिकाले गर्नुपर्ने भनिएको छ । सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

 

प्रतिक्रिया