तिहारमा घर जाने यात्रुलाई सडकमै कोरोनाविरुद्धको खोप

admin

काठमाडौं, कार्तिक १६ : कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिडविरुद्धको खोपको व्यवस्था गरेको छ ।

उपत्यकाका कोटेश्वर, गंगबु, कलंकी लगाएका स्थानमा उपत्यकाबाट बाहिर जाने सर्वसाधारणका लागि कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो । खोप कार्यक्रम बुधबारसम्म चल्ने स्वास्थ्य सेवा बिभागले जनाएको छ ।

बिभागले एस्ट्राजेनेका र भेरोसेलको खोपको व्यवस्था गरिएको पनि जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना रोकथामका लागि खोप अभियानलाई बिभिन्न चरणमा निरन्तरता दिएको र खोप अभाव नभएको जनाएको छ ।

प्रतिक्रिया