सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिनु हुँदैन : अध्यक्ष नेपाल

admin

काठमाडौं, कार्तिक १६ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्रको ह त्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताउनुभएको हो ।

उहाले लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायधिशको राजीनामा मागेको आरोप लगाउनुभयो । उहाले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गर्नुभयो ।

नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताउनुभयो । केपी ओलीको दम्भकै कारण केन्द्र देखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उहाको भनाई छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको बताउनुभयो

प्रतिक्रिया