वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिंड्दै छ : नेता अधिकारी

admin

काठमाडौँ, कात्तिक २४ :  नेकपा एमालेका नेता खगराज अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको बताउनुभएको छ ।

रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा अधिकारीले गठबन्धनले बनाएको समन्वय समिति समेत असंवैधानिक भएको बताउनुभएको हो ।

त्यस्तै अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पार्नुभयो । पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि उहाले बताउनुभयो ।

अधिकारीले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाउनुभयो ।

साक्षात्कारमा माओवादी नेता देव गुरुङले अहिले अदालतभित्र देखिएको विवाद अदालत आँफैले समाधान गरोस भन्ने धारणा राख्नुभयो । उहाले समन्वय समिति बनाईएको विषय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको बताउनुभयो । गठबन्धन सरकारभित्र फेरि कुनै विग्रह नहोस भनेर नै सबै कुरा सहमति र समझदारीअनुसार गर्नको लागि नै समन्वय समिति गठन गरिएको उहाको भनााई छ ।

उहाले वर्तमान सरकारले खोपलाई प्राथमिकता दिएको र प्रधानमन्त्री देउवाले पनि प्रधानमन्त्री हुनेबित्तिकै आफ्नो प्राथमिकता ‘खोप, खोप र खोप’ भनेको स्मरण गराउनुभयो ।

प्रतिक्रिया