गाई काटेको आरोपमा पाँच पक्राउ

admin

सिन्धुपाल्चोक, २४ कात्तिक : राष्ट्रिय जनावर गाई का टेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पाँच जना प क्रा उ परेका छन् । गत कात्तिक २२ गते राति करिब ११ बजे बाह्रबिसे–९, राम्चेको पोष्टपखेरामा गाई काटेर मासु भाग लगाइरहेका अवस्थामा उनीहरू प क्रा उ परेका हुन् ।

प क्राउपर्नेमा बाह्रबिसे– ९ का ३२ वर्षीय अर्जुनबहादुर थामी, ३० वर्षीय राजकुमार थामी, त्रिपुरासुन्दरी–२ का ३० वर्षीय भीमबहादुर थामी, ३४ वर्षीय दिलबहादुर थामी र १९ वर्षीय विजय थामी रहेका छन् ।

स्थानीय मानबहादुर थामीको बारीमा गाउँकै अर्जुनबहादुरको गाई निजले मानिस मिली काटी मासु भाग लगाइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तत्काल प्र ह री टोली खटी गई उल्लेखित मानिसलाई मासु भाग लगाइरहेकै स्थानबाट प क्रा उ गरेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रह री नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

उनीहरूलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई पशुपक्षीसम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । रासस

प्रतिक्रिया