थप ३९७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

admin

काठमाडौँ, कात्तिक २६ : मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार १३४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८९ जना कोरोनामुक्त भए, ३ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ८३ हजार ५४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृ त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

प्रतिक्रिया