थप २९५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

admin

काठमाडौँ, कात्तिक २७ : मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६० जना र ३ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ११ हजार ७४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७८ जना कोरोनामुक्त भए, २ को मृ  त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९७ हजार ८२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जनाको परीक्षण हुँदा हालसम्म कुल ५१ लाख ९१ हजार ७८९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृ त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।

प्रतिक्रिया