नेपाली विद्यार्थीकाे भविष्य अन्योलमा

admin

काठमाडौँ, कात्तिक २८ : कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।

महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्नुहुन्छ । उहाँ एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुग्नुभयो । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूूरा गर्नुभयो ।

एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका कारण विश्वविद्यालयकै सल्लाहमा केही समयका लागि भनेर उहाँ सन् २०२० को फेब्रुअरीमा नेपाल फर्कनुभयो । तर, फर्कने समय दुई वर्ष बितिसक्दा पनि आएन ।

उहाँले भन्नुभयो, “लाग्ने खर्च सबै तिरिसकियो, इन्टर्नसिप गर्न नपाउँदा पढेको व्यर्थजस्तो भइसक्यो, कि त नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुप¥यो नभए फर्कनका लागि अनुमति सरकारले दिलाइदिनुप¥यो ।”

उहाँको समूहमा नेपालबाट २३ जना चिकित्सा अध्ययनका लागि चीन पुगेका थिए । तीमध्ये करिब पाँच जना उतै बसे । बाँकी स्वदेश फर्केका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया