प्रधानन्यायाधीशले भोलि राजीनामा नदिए बारले आन्दोलन चर्काउने

admin

काठमाडौँ, मंसिर २ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिसम्म पनि राजीनामा नदिए थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार (भोलि) प्रधानन्यायधीशले राजीनामा ३ बजेसम्म पनि राजीनामा नदिए थप आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

बारले बिहीबार गरेको आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म राजीनामा माग गर्दै आन्दोलन चर्काउने घोषणा गरेको हो ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।

प्रतिक्रिया