आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ ?

admin

काठमाडौँ, मंसिर ३ : आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ। यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ ।

बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । र आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रहण लाग्ने बताइएको छ ।

प्रतिक्रिया