शिल्पी/दलित लाई मन्त्री बनाउन प्रदेश १ प्रमुख पर्शुराम खापुङ्गलाइ ध्यानाकर्षण

admin

काठमाडौँ, मंसिर ३ : जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितीको टोलिले बिहीवार प्रदेश १ सरकारका नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङथपलाई समावेशीताको सिधाान्तलाई कार्वनयन गर्न गराउनुपर्ने भन्दै प्रदेश सरकारमा शिल्पी दलितलाई मन्त्री र मातहतका सबै संरचनामा राजनीति नियुक्तमा समानुपातिक समावेशी नियुक्ति गराउनु पर्ने कुरामा जोड दिएर ध्यानाकर्षण पत्र बुझाएको छ्न ।

ध्यानाकर्षण पत्रमा जसपाका केन्द्रिय नेता तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित पत्र बुझ्दै प्रमुख खापुङ्गले पत्र बुझेका हुन पत्र बुझ्दै खापुङ्गले सहि समयमा सहि विषय बस्तु न्यायीक तरिकाले उठाएको भन्दै आफुले ध्यानाकर्षण पत्रमा भएको मागलाइ सम्बोधन गर्न गराउन प्रतिबद्ध जनाउनु भएको सहभागी टोलिका सदस्य ज्ञानकुमार परियारले जनाए ।

जसपा नेपाल अन्तरगत शिल्पी विशेष प्रदेश राष्ट्रिय (केन्द्र ) र शिल्पी विशेष समिति प्रदेश१ ले प्रदेश प्रमुख खापुङ्ग र सामाजिक बिकाश मन्त्री जयराम यादव लाई छुट्टाछुट्टै भेटी ध्यानाकर्षण पत्र उक्त ध्यानाकर्षण टोलिले बुझाएकाछ्न जसपाबाट मन्त्री बनेका सामाजिक बिकाश मन्त्री यादवलाई पनि बिहीवारनै भेटेर बधाई तथा शुभकाना सहित ध्यानकर्षण पत्र समेत बुझाएका थिए ।

यादव जनता समाजवादी पार्टी नेपालका संसदीय दलका संयोजक रहेकाले दलको तर्फबाट प्रदेश १ सरकारमा पार्टीको नेतृत्व गर्दै सामाजिक बिकाश मन्त्री बनेका हुन ।

पार्टीको तर्फबाट नेतृत्व गरेकाले मन्त्री यादवलाई शिल्पी विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारमा अहिलेका लागि कम्तिमा १ जना शिल्पी / दलितकाे प्रतिनिधित्व गराईनु पर्ने ,प्रदेश १ का शिल्पी/दलितहरुकाे अार्थिक, सामाजिक, शैक्षिक- साँस्कृतिक, राजनैतिक अधिकार र विकासका लागि अधिकार सम्पन्न शिल्पी/दलित विकास समिति गठन गरिनु पर्ने, तथाकथित दलित समूदयलाई सम्मानजनक शिल्पी पहिचान स्थापित गर्न प्रदेश सरकारले महत्वका साथ कार्य अगाडि बढाउन पर्ने,प्रदेश १ मा भएका सवै प्रकारका जातीय छुवाछूत तथा विभेदका घटनामा संलग्न पीडकहरुलाई कडाभन्दा कडा कारबाहि गर्नु पर्ने, शिल्पी समूदायका पेशा ब्यवसायलाई प्राेत्साहन गर्दै सहजीकरण र व्यवस्थापन आधुनिकिकरण प्रबर्द्धन र बजारिकरण ,शिल्पी समूदायका छाेराछाेरीलाई नि:शुल्क उच्च शिक्षासम्म प्रदेश सरकारले पढाउने ब्यवस्था मिलाउन पर्ने अादि माग राखेर ध्यानाकर्षण पत्र मन्त्री यादव र प्रदेश प्रमुख लाई बुझाएका हुन ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख खापुङ्गले भनेका छन् ” तपाईहरुकाे माग समयानुकूल र जायज छ । यसलाई हामी प्राथमिकतामा राखेर अगाडि बढ्नेछाैँ भनेर आस्वस्त पारे भने सामाजिक विकास मन्त्री यादवले तपाईहरुले उठान गर्नु भएका विषय वस्तु अत्यन्तै सानदर्भिक छन्  ।

यसलाई कुन ढङ्गबाट अगाडि बढाउन सकिन्छ त्यसतर्फ हामी विशेष ध्यान दिँदै यी सबै विषय बस्तुहरुमा सूक्ष्म अध्ययन गर्ने र कार्यन्वयनका लागि जाेडदार रुपमा पहल गर्ने बताए ।

नव नियुक्त प्रदेश प्रमुख खापुङ्ग र मन्त्री यादव लाई बधाई तथा ध्यानाकर्षण पत्र बुझाए पछी शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले केन्द्रिय सरकार र प्रदेश सरकार पटकपटक परिवर्तन हुन्छन् तर सबै सरकारमा शिल्पी समुदायले ज्युहजुरी गर्दै हामीलाई पनि भाग चाहियो भनेर भिख माग्नुपर्ने दिनको अन्त्य कहिले हुने भन्दै यस्तो प्रवृत्तिक अन्त्यको लागि हरेक नेतृत्वले ठुलो छाती पारेर सबैको प्रतिनिधित्व हुने र सबै समुदायको अपनत्व हुनेदिनको नीति बन्नु जरुरी छ भासणमा भन्दा काममा जोड दिन प्रमुख र मन्त्री यादव लाई सुझाव दिएका थिए ।

उक्त ध्यानाकर्षण पत्र बुझाउन समितिका उपाध्यक्ष तथा प्रदेश १ ईन्चार्ज ज्ञानकुमार परियार,प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा,उपाध्यक्ष धनिकलाल खत्वे, सदस्य शाेभा हरिजन लगायतका नेता/नेतृहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया