प्रधानन्यायाधीशले पठाए बारलाई वार्ताको पत्र

admin

काठमाडौँ, मंसिर ३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आग्रह गर्दै पत्र पठाएका छन्। नेपाल बारका पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले समस्याको निकासका लागि तयार रहेको भन्दै पत्र पठाएका हुन्।

पत्रबारे नेपाल बारको जारी बैठकबाट निर्णय लिइने बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। बारको जारी बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीशको पत्रबारे बैठकलाई जानकारी गराएका छन्।

बारले नयाँ आन्दोलनको कार्यक्रमबारे आज सल्लाहकार समितिको बैठक राखेको थियो। सल्लाहकार समितिको बैठकपछि कार्यसमिति बैठक बसेर आन्दोलनको स्वरुपबारे छलफल गरिरहेको छ।

बारले तेस्रो चरणको आन्दोलनको अन्तिम दिन आज तीन बजेसम्म राजीनामाका लागि प्रधानन्यायाधीशलाई दबाब दिएको थियो। तर,यस अवधिमा राजीनामा नआएपछि सशक्त आन्दोलनको तयारीस्वरूप बार बैठकमा छलफल भइरहेको छ ।

प्रतिक्रिया