अमेरिकी मन्त्री लुले ओलीलाई सोधे : एमसीसी कहिले अनुमोदन हुन्छ ?

admin

काठमाडौँ, मंसिर ३ : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे प्रमुख प्रतिपक्षी दल एमालेको धारणा मागेका छन् ।

शुक्रबार भएको भेटका क्रममा लुले एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा ओलीलाई सोधेका हुन् । लुले भेटका क्रममा ओलीसँग एमसीसी कहिले अघि बढ्छ भन्ने प्रश्न राखेका थिए । भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार लुले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदनमा भइरहेको ढिलाइबारे चासो राखेका हुन् ।

जवाफमा ओलीले सरकारले एमसीसी सम्झौता अनुमोदनबारे निर्णय गरेपछि आफ्नो दलले त्यसबारे निर्णय गर्ने बताएका थिए । ‘सत्तारुढ गठबन्धनले एमसीसीबारे निर्णय गर्नुअघि एमालेले आफ्नो पोजिसन बनाउनु जरुरी ठानेको छैन भन्ने कुरा अध्यक्षले राख्नुभयो’ भट्टराईले भने।

ओलीले एमालेको समर्थन बिना नै सत्तारुढ दलले एमसीसी सम्झौता अनुमोदन गर्न सक्ने हुँदा आफ्नो दलले त्यसबारे अहिले कुनै निर्णय नलिएको बताएका थिए।

प्रतिक्रिया