अध्यादेशमार्फत सङ्घीय निजामती ऐन ल्याइन्छ : मन्त्री श्रेष्ठ

admin

किमाथाङ्का, ४ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अध्यादेशमार्फत सङ्घीय निजामती सेवा ऐन ल्याउने बताउनुभएको छ ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको पत्रकार भेटघाटमा सङ्घीय मामिलामन्त्री श्रेष्ठले सङ्घीय निजामती ऐन अध्यादेशमार्फत ल्याउन लागिएको बताउनुभयो ।

राजनीतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसद्मा गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताउनुभयो । निजामती ऐन संसद्मै छलफल गरेर ल्याउन पटक–पटक प्रयास गरिएको भए पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो, “मन्त्रालयको पुनर्संरचना गर्न कर्मचारी अभाव हँुदा प्रदेश तथा स्थानीय तहले ठूलो समस्या झेलिरहेका छन्् ।

ऐन बन्न नसक्दा अहिले प्रशासनिक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेमा ६० प्रतिशत कर्मचारी अभाव छ ।” अध्यादेश आएपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुनेमा आफू ढुक्क रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

‘गठबन्धन चुनावसम्म रहन्छ’
अहिलेको गठबन्धन चुनावसम्म रहने सङ्घीय मामिलामन्त्री श्रेष्ठले बताउनुभयो । गठबन्धनलाई उच्चस्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने बताउँदै उहाँले अहिलेको स्थितिमा गठबन्धन चुनावसम्म जानुपर्ने अवस्था रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचारसंहिता बनाउँदै काम गरिहेको स्मरणसमेत गराउनुभयो ।

प्रतिक्रिया