भक्तपुर, मंसिर ५ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नं.२ प्रदेश सभा ‘क’ को अन्तिम परिणाम आएको छ ।
सभापतिमा प्रदीप कार्की विजयी भएका छन् । उनले १४४ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी राजु खड्काले १२२ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा भगवान खत्री र शशीकुमार न्यौपानै विजयी भएका छन् । त्यस्तै सचिवमा राजाराम थापा र शुशिला ढुंगेल (बेलु) विजयी भएका छन् । सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) विजयी भएका छन् ।