जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृ त्यु

admin

बैतडी, मंसिर ५ :  बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घ ट नास्थलमै मृ त्यु भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दु र्घ टनामा परेको हो ।

आइतबार राती साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घ ट नास्थलमै मृ त्यु भएको घ ट नास्थलमा रहेका पत्रकार आशिष मालले बताए ।

घ ट नाको विस्तृत विवरण आउन बाँकी रहेको छ । जिपमा कति जना सवार रहेका थिए भन्ने कुरा एकीन भएको छैन् । जिप सडकबाट ५सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया