गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित

admin

काठमाडौँ, मंसिर ६ : गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् ।

यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको ‘फुल काेर्ट’ अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो । आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ ।

अहिलेसम्म प्रधानन्यायाधीशले नै दैनिक पेसी तोक्ने गरेकामा अब प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले महिना दिनभन्दा लामो समयदेखि आन्दोलन गरिरहेको छ भने न्यायाधीशहरू पनि अघोषित आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया