प्युठानमा गोली चल्यो

admin

प्युठान, मंसिर ७ : प्युठानमा गो ली चलेको छ । प्युठानको स्वर्गद्धारी क्याम्पसमा कांग्रेस महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरुले झ डप गरेपछि प्र ह रीले रबरकाे गो ली चलाएको हो ।

फाइल फोटो

सभापतिका उम्मेद्वार शेखर–गगन पक्षका विष्णु गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए ।

१०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेला देउवा पक्षका कांग्रेस कार्यकर्ताले तो डफो ड गरेपछि प्र ह रीले अवस्थालाई नियन्त्रणमा लिन गो ली चलाएको हो ।

गिरीले अब ४ मत पाएको खण्डमा जित हुने निश्चित भएपछि देउवा पक्षका शिव रिजाल लगायत युवाहरुको प्रदर्शनमा हुलहुज्जत भएको स्थानीयले बताएका छन् ।

प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुई राउण्ड अश्रुग्यास मात्रै प्र हा र भएको बताए । मतगणना रोकिएपनि अहिले अवस्था नियन्त्रणमै रहेको बताए ।

प्रतिक्रिया