कोरोनाबारे डब्ल्यूएचओले दियो चेतावनी : ‘मार्चसम्म थप लाखौंको मृत्यु हुनसक्ने’

admin

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गरेको छ ।​

यूएनको संगठनले यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ ।

कोरोना महामारीको सुरुवातदेखि अहिलेसम्म ५३ देशमा मृत्यु हुनेको संख्या पहिला नै १५ लाखभन्दा बढी छ । यो ती ५३ देश हुन् जसलाई स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउने गर्छ ।​

डब्ल्यूएचओलेले कोरोनाको आगामी स्थितिको विषयमा चेतावनी जारी गर्दै अर्को मार्चसम्म ४९ देशमा आइसीयू संकट पैदा हुनसक्छ ।

युरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । युरोपका थुप्रै देशले आफ्नो देशमा कोरोना नियमलाई कडा बनाउँदै नयाँ प्रतिबन्ध लागू गरेको छ ।

अष्ट्रियामा त पूर्ण लकडाउनको घोषणा गरिसकिएको छ जबकी थुप्रै देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेका छन् । फ्रान्स, जर्मनी र इजिप्टसमेत थुप्रै देशले चाँडै नै बुस्टर भ्याक्सिन उपलब्ध गराउने बारे विचार गरिरहेको छ ।

यद्यपि, थुप्रै देशमा कोरोना प्रतिबन्ध लागू गरेका कारण विरोध प्रदर्शन पनि भइरहेको छ । नेदरल्याण्डमा लकडाउनको विरोधमा त हिंस्रक झडप भएकोसमेत खबर छ । मंगलबार डब्ल्यूएचओले हालको स्थितिको आधारमा अर्को वर्ष कूल मार्चसम्म कूल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।

आफ्नो बयानमा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण हुने मृत्युमा लगभग दोब्बर वृद्धि भएको बताएको छ । हरेक दिन औसतमा लगभग ४२०० मृत्यु भइरहेको छ । रुसमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ सयभन्दा बढी थियो ।

डब्ल्यूएचओले बढ्दो संक्रमित र मृत्युको पछाडिको सबैभन्दा ठूलो कारण अहिलेसम्म पनि एक ठूलो जनसंख्याले भ्याक्सिनको पूर्ण डोज नलगाउनु भएको बताएको छ ।

यस्तै डेल्टा भेरियन्ट युरोप क्षेत्रमा तीब्र रुपमा फैलिएका कारण पनि संक्रमित र मृत्युदरमा वृद्धि भइरहेको छ । डब्ल्यूएचओ युरोपका निर्देशक डा. हेन्ज क्लूजले मानिसहरुलाई भ्याक्स्नि लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया