एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

admin

भरतपुर, ११ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ ।

सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।

दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ । पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ ।

एमालेको आयोग २५ सदस्यीय हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारीमध्येबाट पाँच जनाको सचिवालय बनाउने व्यवस्था थियो । बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहाकार परिष्द हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि सुरु हुने महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया