जनचाहना अनुसारको नेतृत्व परिवर्तन नभए काँग्रेसलाई अप्ठेरो हुन्छ : नेता सिंह

admin

काठमाडौँ, मंसिर ११ :  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनचाहना अनुसारको नेतृत्व परिवर्तन नभए काँग्रेलाई आउँदा दिनमा अप्ठेरो हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता सिंहले १४ औं महाधिवेशनबाट जनचाहना अनुसाको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस १३ औं महाधिवेशनबाट कमजोर भएको बताउदै काँग्रेस कमजोर भएपछि प्रजातन्त्र पनि कमजोर हुने बताउनुभयो । नेता सिंहले पार्टीलाई संस्थागत गर्न नेतृत्व परिवर्तन गर्नु आजको आवाश्यकता भएको टिप्पणी गर्नुभयो ।

नेता सिंहले नेपाली काँग्रेसको विचारलाइमा आम जनतामाझ पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने टिमलाई नेतृत्व दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले काँग्रेसको नेतृत्वमा वनेको संविधान कार्यान्वयन गर्न आगामी निर्वाचनमा बहुमत ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तर्क गर्नुभयो ।

काठमाडौं जिल्लामा जन्मिएर काठमाडौंको पहिचार बचाउने कि क्षेत्रपाटी,चाक्सीबारी जान्दैनौं भन्ने टिमलाई चिताउने भन्दै प्रश्न गर्नुभयो । उहाँले आफू सभापति भएदेखि विरोध गर्ने बीउ अझै बाँकी भएकाले त्यस्तो बीउलाई उखेलर फाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ओलीवेशन भइरहेको आरोप लगाउनुभयो । उहाँले त्यहाँ सबै बाका छोराछोरीहरू मात्रै रहेको र नारायणी किनारमा अधिवेशन नभइ ओली बाको पाउमा तेल राम्रोसँग दल्न कस्ले सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको तर्क गर्नुभयो ।

नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गर्दै आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने तर्क गर्नुभयो । नेता थापाले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताउदै पार्टीको नेतृत्व बगेको नदीजस्तै हुनुपर्ने तर्क गर्नुभयो ।

जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँले आफूलाई जिताउन आग्रह गर्नुभयो । उहाँले वितमा पनि नेपाली काँग्रेलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आफूले विगतमा गरेको कार्यसम्पादनको मूल्यांकन भएको तर्क गनुभयो ।

काठमाडौंमा सभापतिका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको छ भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

प्रतिक्रिया