३१ बोरा चिनी बरामद

admin

जलेश्वर, १३ मङ्सिर : भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्र ह रीले गएराति बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्र ह री नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो ।

प्र ह रीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ ।

साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्र ह रीले बरामद गरेको छ । बरामद चिनीसहितका सबै सरसामान प्र ह रीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया