सेवा आयोग अनुत्तीर्णलाई स्थायी बनाउने तयारी

admin

काठमाडौँ, मंसिर १४ : त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई स्थायी र आंशिक प्राध्यापकलाई स्वतस् करारमा नियुक्ति दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयदेखि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयसम्म दबाब दिएका छन् ।

त्रिविका आंगिक क्याम्पसमा कार्यरत करिब १ हजार ९ सय प्राध्यापकलाई ऐन नियम मिचेर स्वतस् कारार र स्थायी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै निर्देशन आएको पदाधिकारीहरु बताउँछन् ।

यस्तो तयारीबारे शिक्षाविद्, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, विद्यार्थी र शिक्षा मन्त्रालयका अधिकारीले असन्तुष्टि जनाए ।

मंगलबार बालुवाटारमा बस्ने त्रिवि सभाको बैठकमा प्रधानमन्त्री एंव कुलपति देउवाले करारमा कार्यरत करिब ४ सय ८० जनालाई आन्तिरिक प्रतिस्पर्धाबाट स्थायी गर्न जबरजस्ती प्रस्ताव ल्याउने सम्भावना रहेको सभाका एक सदस्यले बताए ।

‘सभामा आन्तिरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने विषय पनि एजेन्डामा राख्न दबाब आएको छ,’ विश्वविद्यालय स्रोतले भन्यो , ‘बैठकअघि नै एजेन्डा नबने प्रधानमन्त्रीको ठाडो निर्देशन आउन सक्ने संकेत पाएका छौ।’

उपकुलपति धर्मकान्त बाँस्कोटालाई प्रधानमन्त्रीको सचिवालयले उक्त एजेनडा राख्न निरन्तर दबाब दिँदै आएको उक्त स्रोतले जनायो ।

करारबाट स्थायी गर्ने भनिएका प्राध्यापक भने त्रिवि सेवा आयोगले यसअघि लिएको परीक्षामा प्राध्यापक भने त्रिवि सेवा आयोगले यसअघि लिएको परीक्षामा फेल भएकाहरु हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया