दल दलमा राष्ट्रपतिको अफर

admin

काठमाडौँ, मंसिर १७ : संविधानले राष्ट्रपति पदलाई राष्ट्राध्यक्षमात्र होइन, राष्ट्रिय एकता धरोहरका रुपमा सम्मान गरेको छ । तर दलका महाधिवेशनभित्र पद बाँफाटँ मिलायन नेताहरुले आगामी राष्ट्रपति पद दिने आश्वासन बाँडिरहेका छन् ।

यसरी राष्ट्रको सबैभन्दा गरिमामय पद दलहरुको आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा सस्तो आश्वासन भएको छ । भर्खरै चितवनमा सम्पन्न एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङलाई राष्ट्रपतिको आश्वासन थियो ।

अध्यक्ष केपी ओलीले उनलाई राष्ट्रपतिको आश्वासन दिएर उपराष्ट्रपतिमा सीमित गरेको एमालेकै नेताहरुले बताएका छन् ।

‘राष्ट्रपतिको आश्वासन अमूर्त हो, पार्टीको नेतृत्व मूर्त हो । म पार्टीकै नेतृत्वका लागि तयार छु भनेर नेम्वाङले आफ्नो भनाइ राख्नुभयो तर अध्यक्ष ओलीको निर्णय अगाडि उहाँको केही लागेन,’ एमाले स्रोत भन्छ ।

एक सातापछि हुने कांग्रेस महाधिवेशनमा सभापतिसमेत रहेका प्रधानमन्त्रीमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आफ्नो विजय सुनिश्चित गर्न उनको विकल्प खोज्ने समूहलाई साझा उम्मेदवार खोज्न सकस छ ।

त्यसैले दुवै पक्षका नेताले राष्ट्रपति पदलाई आ(आफ्नो स्वार्थको पुल बनाउन खोजिरहेका छन् । आफूलाई सहयोग गर्ने सर्तमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रिपति दिन देउवा तयार भएको निकट स्रोतको भनाइ छ ।

केही समउअघि त्यस्तो प्रया िदेउवानिकट केही नेताले गरेका थिए तर त्यसमा सहमति भएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया