सौतेनी छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा महिला प क्रा उ

admin

काठमाडौँ, मंसिर १७ : कैलालीमा सौताका छोरालाई विषादी खुवाइ ह त्या गरेको आरोपमा प्र ह रीले एक महिलालाई प क्रा उ गरेको छ।

प्र ह रीले ह त्या आ रो पमा बाजुरा घर भई धनगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोलस्थित एक घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई प क्रा उ गरेको हो।

उनीमाथि सौता निर्मला थापा मगरका छोरा हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने १० वर्षीय निशान्त थापा मगरको ह त्या गरेको आ रो प छ। श्रीमान ३५ वर्षीय बहादुर रोकाया भने भारतमा थिए।

उनले गत मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरी आफ्नी श्रीमती मागी सम्पर्कमा नआएकोले बुझिदिन भनेको प्र ह रीले जनाएको छ। आफन्त डेरा कोठामा पुग्दा निशान्त मृ त फेला परेका थिए।

तर मागी भने फरार भइसकेकी थिइन्। अ नुस न्धान को क्रममा मागी भारतको हरियाणामा रहेको थाहा भएपछि प्र ह री ले उनलाई बिहीबार भारतबाट प क्रा उ गरी कैलाली ल्याए जिल्ला प्र ह री कार्यालय कैलालीले जनाएको छ।

शुक्रबार कार्यालयले पत्रकार सम्मेलन गरी घ ट नाको जानकारी दिएको हो। मागीका श्रीमान बहादुर भारतमै तीन वर्षदेखि निशान्तकी आमा निर्मलासँग बस्दै आएका थिए।

यता मागी रोकाया १४ वर्षीया छोरी र ८ वर्षीय छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको प्र ह रीले जनाएको छ। प्र ह रीका अनुसार बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन धनगढीस्थित हिमालय एकेडमीमा बोर्डस राखेका थिए। तर करिब २ वर्षदेखि निशान्त मागीसँग बस्थे।

घ ट ना हुनुअघि मागी र बहादुरबीच विवाद भएको थियो। त्यसैको रिसले उनले कात्तिक २९ गते निशान्तलाई विषादी खुवाएर ह त्या गरेको प्रहरीको प्रारम्भिक अ नुस न्धानबाट देखिएको कार्यालयले जनाएको छ।

वि षा दी खुवाएपछि छोरा र छोरीलाई लिएर उनी भारत भागेकी थिइन्। प्र ह रीले कर्तव्य ज्यान मु द्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप थरी अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया