वर्तमान सरकार असफल सरकारको रुपमा स्थापित भयो : रघुवीर महासेठ

admin

काठमाडौँ, मंसिर १९ :  नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका गर्नुभएको छ ।

आइतबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले सरकार असफल भएको भन्दै अहिले ताजा जनादेशको आवश्यक्ता रहेको बताउनुभयो ।

उहाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिनभयो ।

महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गर्नुभयो ।

अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि उहाले बताउनुभयो । महासेठले एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक भएको बताउनुभयो ।

प्रतिक्रिया