प्रेस सेन्टरको १९९ सदस्सीय कार्यसमिति घोषणा

admin

चितवन, १९ मङ्सिर : प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको छ ।

बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो ।

सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । नयाँ कार्यसमितिको आजै बस्ने बैठकले पदाधिकारीको टुङ्गो लाग्ने जनाइएको छ । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।

सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ ।

यसैगरी दललाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण, मिडियासम्बन्धी पूराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत समेटिएको उहाँले जानकारी दिनुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो ।

महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ । महाधिवेशनको बन्दसत्रमा विधान संसोधनसमेत गरिएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया