कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

admin

काठमाडौँ, मङ्सिर २३ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्ताव पारित गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीद्वय पूर्ण बहादुर खड्का र शंशाक कोईरालाको लिखित प्रतिवेदन पारित गरिएको हो ।

त्यस्तै लेखा सम्बन्धी प्रतिवेदन र पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको शर्माले बताउनुभयो ।

त्यस्तै अनुमोदनसम्बन्धित प्रस्ताव पनि पास भएको छ । तीन प्रतिवेदन र एक अनुमोदनसम्न्धी प्रस्तावलाई अव महाधिवेशनमा लैजाने उहाले बताउनुभयो । उहाले अहिलेको महाधिवेशनपछि नीति महाधिवेशन छुट्टै गरिने जानकारी दिनुभयो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पाडेल सहभागी हुनुभएन । पौडेलले आफु बैठकमा सहभागी नहुने जानकारी गराएको प्रवक्ता शर्माले बताउनुभयो । त्यस्तै पदाधिकारी थप गर्ने प्रस्ताव बैठकमा नआएको उहाको भनाई छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुदैछ । महाधिवेशनमा नेपालका राजनीतिक दलका नेताहरुका साथै भारतबाट पनि बिभिन्न दलका नेताहरु सहभागी हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया