अब बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप

admin

काठमाडौँ, मङ्सिर २३ : सरकारले आगामी पुस ४ गतेदेखि विद्यालयमै बालबालिकाहरुलाई कोरोनाविरुरुद्धको ‘मोडर्ना’ खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभाग, खोप शाखाले पुष ४ देखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने जनाएको हो।

विभागका अनुसार पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइनेछ ।

दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने विभागको खोप शाखाले जनाएको छ । यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरिरहेको बताइएको छ ।

विद्यालयका बालबालिका विद्यार्थीहरुको तथ्यांक संकलन गरेर त्यसैअनुसार खोप केन्द्र निर्धारण गरिने भनिएको छ भने यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया