यस्ताे बन्याे देउवाको टिम, उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का

admin

काठमाडौँ, मङ्सिर २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उठाउने भएका छन्।

देउवा समूहको बालुवाटारमा बसेको बैठकले महामन्त्री डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। देउवा पक्षबाट आठ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेको छ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाका नाम टुंगो लगाएको देउवाको सचिवालयले जनाएको छ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछामलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौं, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

प्रतिक्रिया