वर्तमान समयमा देशमा राजतन्त्र फर्काउन चलखेल भैरहेको छ : माधव नेपाल

admin

काठमाडौँ, मङ्सिर २५ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले गलत ढंगले पार्टी कव्जा गर्न थालेपछि आफुहरु अलग भएको टिप्पणी गर्नुभएको छ ।

शनिवार समाजवादी प्रेस संठगन नेपालले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले वर्तमान समयमा देशमा राजतन्त्र फर्काउन चलखेल भइरहेको बताउदै अब कुनै पनि हालतमा पुरानो ईतिहास नदोहोरीने ठोकुवा गर्नुभयो ।

उहाँले भर्खरै निर्वाचित हुनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रतिगामी चिन्तन नराखी अग्रगामी सोच राखेर हिड्न सुझाव दिदै ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्ने कार्यमा सकारात्मक भुमिका खेल्न सुझाव दिनुभयो ।

उहाँले तत्काल कुनै पनि पार्टीसगँ चुनावी तालमेल बाहेक अन्य एकिकरणको सम्भावना नरहेको बताउदै आफुहरुको ध्यान पार्टी सृदृढ र बलियो बनाउनमा नै रहैको तर्क गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले ओली प्रति लक्षित गर्दै न्यायोचित कार्यका राष्ट्रिय सभा देखि स्थानिय निर्वाचन हुदै मिलेर जाने सहमती भइसकेको ठोकुवा गर्नभयो ।

प्रतिक्रिया