नम्रतालाई ‘के छ तिम्रो विचार’ भन्दै आए दिनेश

admin

काठमाडौँ, मङ्सिर २५ : चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘के छ तिम्रो विचार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत संयोजन रहेको छ ।

आरजु बैजुको कोरियोग्राफी रहेको गीतमा कलाकार दिनेश काफ्ले र नायिका नम्रता सापकोटाको अभिनय रहेको छ ।

भिडियोमा उमेरले परिपक्क एक युवतीलाई मन पराउने र मिठा मिठा सपना देख्ने युवकको रमाइलो किस्सालाई कलात्मक शैलीमा देखाइएको छ ।

मिलन बिकको सहनिर्देशन रहेको गीतको छायांकन शुसान प्रजापतिले गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।

जसको निर्देशन शिशिर खातीले गरेका हुन् । शिशिर पछिल्लो समय फरक शैलीको भिडियो दिन माहिर निर्देशक मानिन्छन् ।

प्रतिक्रिया