नौ सय मतगणना सकिँदा गगन थापाले अग्रता बढाउँदै

admin

काठमाडौं, १ पुस : अहिले नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना चलिरहेको छ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा गगनकुमार थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

नौ सय मत गन्दा उनले ५५९ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माको ३५७ मत छ । यसैगरी प्रदीप पौडेल ३००, डा. प्रकाशशरण महत २९७, डा. मिनेन्द्र रिजाल १५३ र डा. राजाराम कार्कीको ३१ मत छ ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की महामन्त्रीका उम्मेदवार हुन् ।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनेछन् । महामन्त्रीपछि सह–महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेस सभापतिमा देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया