अतिरिक्त शुल्क नबुझाउँदा विद्यार्थी पढाइबाटै वञ्चित, कलेजद्वारा ४० लाखसम्म माग

admin

काठमाडौं, १८ पुस : निजी मेडिकल कलेजले विद्यार्थीलाई कलेज प्रवेशमै रोक लगाउन थालेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेका विद्यार्थीलाई गेटमै रोक लगाएको पाइएको हो ।

यी कलेजले ४० लाखसम्म अतिरिक्त शुल्क मागेका छन् । जसमध्ये ४ लाख रुपैयाँभन्दा बढी बुझाइसकेको विद्यार्थीको भनाइ छ । चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले तोकिएभन्दा बढी शुल्क नलिन निर्देशन दिए पनि कलेज सञ्चालकले त्यसको पालना गरेका छैनन् ।

नोबेल मेडिकलका प्रिन्सिपल प्रा.डा. रामहरि घिमिरेले अतिरिक्त शुल्क लिएको स्वीकार गरेका छन् । नोबेल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रअन्तर्गत एमबीबीएसको कक्षा सुरु भइसकेको छ ।

तर, यीमध्ये मणिपालले प्रवेश दिए पनि अतिरिक्त शुल्कको तनाव दिन थालेको विद्यार्थी बताउँछन् । केहीले ४० प्रतिशतसम्म शुल्क तिरेको एक विद्यार्थीले सुनाए । नोबेलले अतिरिक्त शुल्क नतिर्नेलाई सुरक्षा गार्ड लगाएर बाहिर निकालेको जनाइएको छ ।

प्रतिक्रिया