आज घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १९ पुस : सुनचाँदीको मूल्य (आज) सोमबार सामान्य घटेको छ । तोलामा सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा तीन सय रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया