चीनमा उपचाररत वर्षमान पुन डिस्चार्ज, आज स्वदेश फर्किँदै

admin

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज भएका छन् । चीनमा उपचाररत नेता पुन अस्पतालबाट डिस्चार्ज भएर (आज) मंगलबार नेपाल फर्कन लागेको अनेरास्ववियु क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिएका छन् ।

दिपेश पुनले सामाजिक सञ्जालमार्फत नेता वर्षमान पुन डिस्चार्ज भएर नेपाल आउन लागेको जानकारी गराएका हुन् । जण्डिसका कारण पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो । तर, सुधार नभएपछि फेरि चीन लगिएको हो । उनी तीन महिना भन्दा लामो उपचार पछि स्वदेश फर्किन लागेका हुन् ।

पुन माओवादी केन्द्रको महासचिवको दाबेदार हुन् । (हिजो) सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनकै आग्रहमा पदाधिकारीको चयन प्रक्रियालाई पछाडि सारेको बताएका थिए । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ ।

प्रतिक्रिया