पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक पुनः प्रदर्शनीमा ल्याइने

admin

काठमाडौं, २० पुस : तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती ह’तियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।

यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक ह’तियारको पनि अवलोकन गर्न पाइने भएको छ । सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको छ ।

प्रतिक्रिया