आज शेयर बजार ६३ अङ्कले बढ्यो

admin

काठमाडौं, २० पुस : शेयर बजार परिसूचक नेप्से (आज) मंगलबार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ । मंगलबार उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ ।

यस्तै, विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ । मंगलबार ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । मंगलबार श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

प्रतिक्रिया