रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिने पक्राउ

admin

काठमाडौं, २० पुस : नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले आज एक युवकलाई प क्रा उ गरेको छ ।

आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको गोप्य सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सीता प्यालेस होटल अगाडिबाट प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय धनुषाका प्रवक्ता प्र ह री नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया